राजनीति


नेपाल र मलेसियाका सांसदहरूबीच संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान

नेपाल र मलेसियाका सांसदहरूबीच संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १३:४२, काठमाडौँ

नेपाल र मलेसियाका सांसदहरूले एक आपसमा दुवै देशको संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान गरेका छन्। 

मंगलबार सिंहदरबारमा राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूले मलेसियाका सांसदहरूसँग संसदीय प्रक्रियाबार अनुभव आदानप्रदान गरेका हुन्। 

संसदीय प्रक्रियाबारे अनुभव आदान प्रदान गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले मलेसिया–नेपाल पाल्र्यामेण्ट फ्रेण्ड्सिप ग्रुपले आवश्यक कार्यक्रमहरू गर्न नसकेको बताए।

उनले फ्रेण्ड्सिप ग्रुप बनाए पनि सक्रिय हुन नसकेको भन्दै दुई देशबीचको मित्रता अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे। 

समितिको बैठकमा राष्ट्रियसभा सदस्य वामदेव गौतमले मलेसिया र नेपालबीच जनस्तरबीचको सम्बन्ध प्रगाढ रहेको बताए। उनले विकासको गति मलेसियाले धेरै अगाडि बढाएको जिकिर गरे।

समितिको बैठकमा समिति सभापति कमलादेवी पन्तले मलेसियाका सांसदहरूलाई समितिको तर्फबाट मायाको चिनो समेत प्रदान गरिन्। बैठकमा अन्य सांसदहरूले मलेसिया र नेपालबीतको संसदीय सम्बन्ध पनि थप मजबुत बनाउँदै एक अर्काको संसदीय अभ्यासहरू सिक्दै अघि बढ्न जरुरी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad