राजनीति


नेपाल प्रहरीका ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस (सूची)

नेपाल प्रहरीका ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस (सूची)

नेपालखबर
जेठ ६, २०८२ मंगलबार २०:५०, काठमाडौँ

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा मंगलबार बसेको बैठकले २०७९ मा एसएसपी भएको टोलीबाट डीआईजीमा बढुवा सिफारिस गरेको हो। यो टोलीका १२ जना रहेकोमा सारदाप्रसाद चौधरीलाई छुटाइएको छ।

एसएसपीहरु सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ डीआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्।

यस्तो छ सूची:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad