नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।
बैठक सोमबार बिहान ९ बजे बुढानीलकण्ठमा बस्नेगरी बोलाइएको हो। आउने संसद् बैठक, पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट जेठ १५ गते संसद्मा पेस गर्दै छ।
त्यस्तै क्रियाशील सदस्यता नवीकरणको विषयमा पनि छलफल हुनेछ।
कांग्रेसले नवीकरणका लागि असार मसान्तसम्मको समय दिएको छ।
660
Shares

प्रतिक्रिया