कला


राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ को कस्तो छ व्यापार?

राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ को कस्तो छ व्यापार?

नेपालखबर
जेठ ११, २०८२ आइतबार १२:२९, काठमाडौँ

गत जेठ ९ गतेबाट महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ हलमा लागिसकेको छ। आठ वर्षपछि हमालको कमब्याक यस फिल्मलाई दर्शकहरुले मन पराएका छन्। 

प्रदर्शनको २ दिन शुक्रबार र शनिबार उत्साहजनक सुरुवात गरेको छ। वितरक करण श्रेष्ठका अनुसार सिनेमाले शुक्रबारको बिहानी शोमा ४० प्रतिशत अकुपेन्सी देखिएपनि दिउँसोदेखि साँझमा शोमा ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको थियो। 

शनिबार भने बिहानी शोबाट नै नरसिंहा अवतारमा दर्शकको उत्साहजनक साथ मिलेको उनको दाबी छ। शनिबार काठमाडौँ उपत्यकामा मात्रै होइन मोफसलमा पनि हमालको क्रेज हलमा देखिएको वितरक श्रेष्ठले बताए। 

हलमा दर्शकको चापसँगै दर्शक प्रतिक्रिया पनि उत्कृष्ट मिलेको छ। सिनेमाले उठाएको कथावस्तु, एक्सन पक्षसहित कलाकारहरुको अभिनयको तारिफ भइरहेको छ। 

यससँगै शनिबार दर्शकसँग साक्षात्कार गर्न महानायक राजेश हमाल करिब १० बर्षपछि हल अष्टनारायण पुगेका थिए। उनी त्यहाँ पुग्दा करिब १ हजारबढी दर्शकले सिनेमा हेरिरहेका थिए। 

सिनेमा हेरिरहेका दर्शक अगाडि महानायक हमाल पुग्दा दर्शकले ताली र सिठ्ठी सहित स्वागत गरेका थिए। जहाँ हमालले दर्शकसँग सिनेमाको बारेमा प्रतिक्रिया लिँदै सेल्फी खिच्न निकै भीड थियो। 

करिब १० वर्षपछि अष्टनारायण हल पुग्दा हमाल पनि उत्साहित देखिन्थे। उनीले हलमा स्टेजमा पुगेर सिनेमामा समावेश गीत अच्छा लेकिन लण्डनको चिसोले समाउलामा नृत्य समेत गरेका थिए। महानायक हमालले अष्टनारायण फकिँदै गदा मिडियासँग छोटो प्रतिक्रिया दिँदै १० वर्षपछि यसरी सिंगल स्क्रिन दर्शकमाझ पुग्न पाउँदा पुराना दिन ताजा भएको बताएका थिए।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ। यस फिल्ममा राजेशसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad