राजनीति


प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कांग्रेसको आपत्ति

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कांग्रेसको आपत्ति

नेपालखबर
जेठ १२, २०८२ सोमबार १२:२६, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौँ एमालेले कब्जा गर्छ भनेर दिएको अभिव्यक्तिमा आपत्ति जनाएका छन्।   

शनिबार गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूले सोही विषयमा प्रधानमन्त्रीले यस्तो भन्न मिल्छ? भन्दै जिज्ञासा राखेका थिए। 

‘उहाँले गणतन्त्र दिवस मनाउने सन्दर्भमा भन्न खोज्नुभएको हो। गणतन्त्र दिवस मनाउनका लागि यति संख्यामा यहाँ जम्मा हुनुपर्छ। यहाँ एमालेबाहेक केही पनि नदेखियोस् भन्नुभयो। एमाले नभनेको भए हुन्थ्यो,' उनले भने, 'उहाँले नेपाली जनता, गणतन्त्रका पक्षधरबाहेक अरू कोही नदेखियोस् भन्नुभएको भए हुन्थ्यो। अलिकति बोल्ने क्रममा एमाले भन्ने शब्द प्रयोग गर्नुभयो। त्यो शब्दलाई गणतन्त्रवादी नेपाली जनता भन्नुभएको भए राम्रो हुन्थ्यो।’

उनले कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीले राजीनामा गर्न थाल्ने हो भने एउटा पनि मन्त्री बाँकी नरहने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad