भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले जारी राखेको संसद् अवरोध खुलाउने सभामुखको प्रयास सफल हुन नसकेपछि संसद् बैठक अझै सुरु हुन सकेको छैन।
एक बजेर ४ मिनेटमा स्थगित भएको बैठक अब साढे तीन बजेलाई बोलाइएको सभामुख देवराज घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए।
ससद्को आजको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी लगायतले गृहमन्त्रीको राजीनमा माग गर्दै बैठक कार्यसूचीमा प्रवेश नै गर्न दिएका थिएनन्।
405
Shares

प्रतिक्रिया