राजनीति


एमालेको प्रस्ताव: गणतन्त्र दिवस र बजेट प्रस्तुत गर्ने दिन फरक पारौँ

एमालेको प्रस्ताव: गणतन्त्र दिवस र बजेट प्रस्तुत गर्ने दिन फरक पारौँ

नेपालखबर
जेठ १४, २०८२ बुधबार १६:२, काठमाडौँ

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बजेट प्रस्तुत गर्ने दिन सार्नुपर्ने बताएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक दलबीच सहमति भए संविधान संशोधन गरेर बजेट ल्याउने दिनको मिति फेर्ने पार्टीको सोच रहेको बताए ।

'राजनीतिक दलबीच सहमति हुन सक्यो भने संविधानमा समेत संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोहका रूपमा आयोजना गरेर बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजानु उपयुक्त हुन्छ,' उनले भने ।

उनले लोकतन्त्रको उच्चतम रूप गणतन्त्र भएको पनि बताए । त्यो दिनलाई कमजोर बनाउन भएका गतिविधि स्वीकार्य नभएको उनको भनाइ छ ।

महासचिव पोखरेलले ‍जनताको उपलब्धि खुसी साटासाट गर्न बिहीबार पार्टीका तर्फबाट कार्यक्रम गर्न लागिएको बताए । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । जेठ १५ गणतन्त्र दिवस पनि हो ।

उनले नेपालका राजनीतिक दलहरू भइरहेका कार्यप्रति सन्तुष्ट नभएको पनि बताए। उनले भने, 'नेपालका राजनीतिक दलहरू सन्तुष्ट छैनन्। जति गर्नुपर्ने हो गर्न सकिएको छैन।'

त्यस्तै उनले कोभिड-१९ को कारण नेपाललाई भन्दा धेरै ठूला मुलुकलाई असर गरेको दाबी गरे। उनले एमालेलाई सरकारबाट हटाएपछि भने मुलुकको अर्थतन्त्रमा ठूलो असर परेको दाबी गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad