राजनीति


बजेटमाथि छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक

बजेटमाथि छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक

फाइल तस्बिर


नेपालखबर
जेठ १९, २०८२ सोमबार ७:१२, काठमाडौँ

सत्तारुढ नेकपा एमालेले संसद्‍मा प्रस्तुत बजेटमाथि छलफलका लागि संसदीय दलको बैठक बोलाएको छ। 

समसामयिक बिषय र संसद्मा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न सोमबार दिउँसो १ बजे पार्टी संसदीय दलको बैठक बोलाइएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। 

एमाले संसदीय दलको कार्यालय लोत्से हल बानेश्वरमा बैठक बस्ने छ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३काे बजेट जेठ १५ गते संसद्‍मा प्रस्तुत गरेका थिए। 

माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरुले सरकारलाई बजेट प्रस्तुत गर्न दिए पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म अबको संसद् बैठक चल्न नदिने बताउँदै आएका छन्। 

प्रतिनिधि सभाको अर्को बैठक यही जेठ २० गते मङ्‍गलबारका लागि बाेलाइएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad