संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलसहित विपक्षी दलहरुको बैठक अहिले संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ।
राप्रपाबाहेक संविधान र गणतन्त्र पक्षधर संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक बसिरहेको हो।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा अहिले बैठक जारी छ।
संसद् बैठक पनि आजै बस्दै छ। आजदेखि संसद्मा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने कार्यसूची छ।
तर, भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका प्रतिपक्षी दल आजको बैठकमा कसरी प्रस्तुत हुने ठोस निर्णय गरेका छैनन्।
अहिले बसिरहेको बैठकले त्यसबारेमा आधिकारिक निर्णय गर्ने सम्भावना छ। यसअघि आजै बिहान सभामुख देवराज घिमिरेले संसद् खुलाउनको लागि कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए।
जसमा माओवादीका हितराज पाण्डेले गृहमन्त्रीको राजीनामा नै विपक्षी दलको बटमलाइन भएको बताएपछि बैठक विना निष्कर्ष टुंगिएको थियो।
गृहमन्त्रीको राजीनामा माग गर्दै आएका विपक्षी दलहरुले बजेट ल्याउनको लागि जेठ १५ गते संसद् चल्न दिएका थिए।
Shares

प्रतिक्रिया