राजनीति


प्रतिनिधिसभा बैठक आइतबारसम्मलाई स्थगित

प्रतिनिधिसभा बैठक आइतबारसम्मलाई स्थगित

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १५:१३, काठमाडौँ

प्रतिनिधिसभा बैठक स्थगित भएको छ। दिउँसो १ बजेका लागि डाकिएको बैठक बस्दै नबसी आइतबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरी स्थगित गरिएको हो। 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको दाबीसहित विपक्षीहरूले लगातार सदन अवरोध गर्दै आइरहेका छन्। उनीहरूले उच्चस्तरीय छानबिन समितिलाई बटमलाइन बनाएका छन्।

यसबारे आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलका शीर्ष नेतासँग छलफल गरेका थिए। 

दाहालले भरपर्दो छानबिन समिति बनाउन सरकारको प्रतिबद्धता आयो भने अहिलेको समस्या समाधान हुने बताए। 

'छाबनिन मुख्य कुरा हो भरपर्दो छानबिनमा सरकारको प्रतिबद्धता आयो भने टुंग्याउन सकिन्छ भन्ने कुरा भयो,' बैठकपछि उनले भने, 'नेपाली कांग्रेसका सभापतिजीसँग कुरा गर्नु उचित हुन्छ भन्ने भयो। अनि आज सदन नचलाउने सूचना टाँस गर्ने समझदारी बन्यो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad