अनेरास्ववियुको २४ औं महाधिवेशनबाट अध्यक्षमा डा.सुजन कडरिया विजयी भएका छन्। प्रतिष्पर्धी प्रकाश पौडेललाई ७ मतान्तरले हराउँदै कडरिया अध्यक्षमा विजयी भएका हुन्।
कडरियाले ७३२ मत ल्याउदा पौडेलले ७२५ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले गएराती घोषणा गरेको मत परिणाम अनुसार उपाध्यक्षमा विकाश श्रेष्ठ ७०८ मत ल्याएर विजयी हुँदा उनका प्रतिष्पर्धी राजकुमार ढकालले ४२९ मत प्राप्त गरेका छन्।
त्यसैगरि महिला उपाध्यक्षमा अञ्जना शिवाकोटीले ७७५ मत ल्याएर विजयी हुँदा आरती भट्टराईले ३२१ मत प्राप्त गरेकी छन् भने महासचिवमा ७८५ मत ल्याएर दिपक धामी विजयी भएका छन्।
उनका प्रतिस्पर्धी आरके रोमसले ५५४ मत प्राप्त गरेका छन्। उपमहासचिवमा कमल जोशीले ८१६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी प्रेमिका शाहीले ४७४ मत प्राप्त गरेकी छन्।
त्यसैगरि तीनजना सचिवमा आकाश घर्ती मगर ३६०, ई.रचना सापकोटा ३०४ र समिम बाबु खानले २७३ मत प्राप्त गरेर विजयी भएका छन्।
यही जेठ २५ गतेदेखि कीर्तीपुरको अडिरोयिम हलमा सुरु भएको महाधिवेशनमा सर्वसम्मत गर्ने प्रयास असफल भएपछि हिजो निर्वाचन भएको थियो। अनेरास्ववियुमा पहिलो पटक ३२ वर्षे उमेर हद लागु भएपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको हो।
निर्वाचित पदाधिकारी र सदस्य सबैको अन्तिम मत परिणाम हेर्नुहोस्




























Shares

प्रतिक्रिया