राजनीति


पार्टी बैठकमा अर्जुननरसिंह केसीले दिए आमरण अनशन बस्ने चेतावनी

‘जनतालाई पुराना पार्टीले काम गर्दैनन् भन्ने भइसक्यो, सच्चिनु पर्दैन?’
पार्टी बैठकमा अर्जुननरसिंह केसीले दिए आमरण अनशन बस्ने चेतावनी

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८२ बिहिबार १४:२३, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पुराना राजनीतिक दलप्रति जनताको भरोस टुटिरहेको बताएका छन्।  जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा केसीले पुराना पार्टीले काम गर्दैनन् भन्ने गरी प्रचार भइरहेको पनि बताएका हुन्। 

'विगत केही वर्षदेखि राजनीतिक दलप्रति भरोसा टुटिरहेको छ। पुराना पार्टीले काम गर्दैनन् भन्ने भइसक्यो,' उनले बैठकमा भने, 'यसबारे गम्भीर भइएन भने आउने परिस्थिति सजिलो देख्दिनँ।'

उनले कांग्रेस गुटउपगुटका कारण शिथिल भएको भन्दै संस्थागत प्रतिवद्धताका लागि एक हुनुपर्ने बताए। नेताहरू संस्था प्रदान हुन छोडेरव्यक्ति प्रदान भएको भन्दै उनले यसलाई सच्याउन जरुरी रहेको बताए।  

'हामी गुट-उपगुटमा विभाजित छौँ। पार्टी व्यक्ति प्रदान होइन संस्था प्रदान हुनुपर्छ,' उनले थपे, 'यहाँ त कसैलाई पेल्यापेल्यै गरिएको छ।'

त्यस्तै उनले पार्टीको महाधिवेशन कहिले हुने भन्ने मिति तोक्नुपर्ने पनि बताए। 'पार्टी सभापतिदेखि पदाधिकारीहरू समयकै अधिवेशन हुन्छ भन्ने कहिले हुन्छ नभन्ने। अब मिति तोक्नै पर्ने आवश्यकता छ। समय थप्ने हो भने थपेर पनि यो समयमा महाधिवेशन हुन्छ भन्नुपर्‍यो,' उनले भने, 'मेरो धारणा भन्नुहुन्छ भने त ०८२ मै हुनुपर्छ नि।' 

उनले पार्टीको वैधानिकता र अस्तित्वा असर नगर्ने गरी महाधिवेशन समयमै गर्नुपर्ने बताए।  

उनले पार्टी अनुशासन समितिमाथि भने आक्रमण देखिए। 

'अनुशासन समितिको कामकारबाही पारदर्शी हुनुपर्छ। पार्टीलाई प्राण भर्ने खालको हुनुपर्छ। निष्पक्ष हुनुपर्छ,' उनले भने, 'यहाँ त मनपरी ढंगले कतै के गरिएको छ। कतै के गरिएको छ। पार्टीमा अन्तर्घत गर्ने सबैलाई माफी दिने हो भने दिऔँ होइन भने कारबाही गरौँ। संविधानभन्दा माथि हो अनुशासन समितिको सभापति? यस्तै हो भने मैले आफैँले आमरण अनसन बस्नुपर्ने हुन्छ। मान्छेको इज्जत प्रतिष्ठाको ख्याल छैन मनपरी गरेको छ। यसको जिम्मा पार्टी सभापतिलाई नै दिन्छु।'  

मनपरी गरेर एकपक्षलाई अर्को पक्षले दबाउन खोजिए त्यसको प्रतिकारमा उत्रिने उनको चेतावनी छ। 

उनले भने, 'मनपरी गरेर एक पक्षले अर्को पक्षलाई दबाउन खोजियो भयो भने, सीमा पार भयो भने। हाम‍ीले पनि सीमा पा। गरेर जानुपर्ने हुनसक्छ' उनले भने।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad