राजनीति


कांग्रेस बैठकमा गोविन्द भट्टराईले भनेः कर्मचारीमा मात्र होइन राजनीतिमा पनि कुलिङ पिरियड राखौँ

कांग्रेस बैठकमा गोविन्द भट्टराईले भनेः कर्मचारीमा मात्र होइन राजनीतिमा पनि कुलिङ पिरियड राखौँ

नेपालखबर
असार २०, २०८२ शुक्रबार १८:१०, काठमाडौँ

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य गोविन्द भट्टराईले कर्मचारीतन्त्रमा मात्र नभै अब राजनीतिमा समेत कुलिङ पिरियड आवश्यक रहेको तर्क गरेका छन्।

नेपालीले नेपाली नागरिकता छोडेर अर्को देशको नागरिक बन्नासाथ नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिएर आम निर्वाचन लड्ने प्रवृत्ति देखिन थालेको तर्क गर्दे उनले भने, ‘त्यस्ताहरूका लागि पनि कुलिङ पिरियड राख्न जरुरी छ।’

विगतमा यस्तो व्यवस्था नभएको कारण कुनै विदेशी नागरिक पनि देशको उप प्रधानमन्त्री जस्तो गरिमामय र सम्वेदनशील पदमा पुगेको भन्दै उनले भने, ‘यो कटु यथार्थलाई मनन गर्दै कुलिङ पिरेड राख्न जरुरी छ।’

यसो हुन नसकेमा आज विदेशी नारिकता छोडेको आधिकारिता पुष्टि नहुँदै चुनावमा उम्मेदवार बनेर लड्ने कदमले नेपाल राष्ट्र माथि नै खतरा पैदा गर्ने बताए।

नेता भट्टराईले पार्टी सभापतिले अब अवकाश लिएर सभापति हुने होइन भनि सकेको अस्थामा अब महाधिवेशन ०८४ अगाडि हुन्छ कि हुँदैन भन्ने दुविधामा बस्न जरुरी नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad