नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले कारबाही गरेको कारबाही स्वीकार्य रहेको भन्दै जवाफ दिएका छन्।
आफूमाथि भएको कारबाही भएको पत्र आफैँ सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै राईले आफू निष्ठावान् खोटाङे कांग्रेसीको साथमा रहने बताएका छन्।
उनले आफ्नो ३५ वर्षे राजनीतिक यात्रामा उकाली ओराली छिचोलिरहेको भन्दै अन्याय र अपमान सहन नसक्ने बताएका छन्।
२०७९ को निर्वाचनमा पार्टी केन्द्रले गरेको चुनावी गठबन्धनलाई सहयोग गर्न नसक्ने भन्दै राईले त्यसको विरुद्ध क्रियाकलाप गरेको भन्दै कारबाहीमा परेका हुन्। उनी १ वर्ष निलम्बन र निष्काशितमा परेका हुन्।
'सहर्ष ग्रहण! राजनीतिमा सधैँ प्राप्ति मात्र हुँदैन, गुमाउनु पनि पर्छ। ३५ वर्षे निरन्तर राजनैतिक यात्रामा कहिले उकाली कहिले ओराली छिचोलियो। २०७९ सालको गठबन्धनका क्रममा खोटाङ कांग्रेसलाई केन्द्रीय नेतृत्वबाट सुनियोजित ढंगले भएको ठूलो अन्याय र अपमान व्यहोर्नु पर्दा म स्वाभिमानी कार्यकर्ता विष्णुकुमार राईलाई त्यो विल्कुल सह्य हुने कुरो थिएन,' उनले भनेका छन्, 'त्यसको विरुद्ध म डटेर लागेकै हुँ। जसबापत केन्द्रले महत्त्वपूर्ण सम्मानपत्र पठाएको छ। हार्दिक ग्रहण गर्दछु। म सदैव स्वाभिमानी निष्ठावान् खोटाङे कांग्रेसीहरूको साथमा छु, रहनेछु।'
निष्काशित भएपछि खोटाङ कांग्रेस सभापति: पार्टीलाई अन्याय हुँदा केन्द्रको निर्णयविरुद्ध डटेर लागेकै हुँ
Shares

प्रतिक्रिया