राजनीति


राजनीति मेरो प्राणमै छ: पशुपति शमशेर

राजनीति मेरो प्राणमै छ: पशुपति शमशेर

नेपालखबर
असार २७, २०८२ शुक्रबार १७:३८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राजनीति आफ्नो प्राणमै रहेको बताएका छन्। शुक्रबार काठमाडौँमा आफ्नो ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

आफ्नो वंश परम्परा पनि राजनीति नै रहेको उनको भनाइ छ। आफू दरबारिया सुख सयलमा हुर्किएको र त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन रहेको स्मरण गरे। आफूले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएको र नेपाली जनताको सुखदुःख बुझ्ने कोशिस गरेको बताए। 

‘राजनीति मेरो प्राणमा नै छ। वंश परम्परा पनि त्यही हो। निश्चय म पनि दरबारिया सुख सयलमा हुर्किएको व्यक्तिलाई त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन थियो। तर मैले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएँ,' उनले भने, 'नेपाली जनताको सुखदुःख बुझ्ने कोशिस गरेँ। मेरो जीवनको सबैभन्दा बढी उर्जाशिल समय राजनीति नै हो। राजनीतिमा मैले कठिन परिस्थितिमा समेत मुलुकको लागि महत्वपूर्ण योगदान दिने मौका पाएँ।’

उनले आफूले विभिन्न कालखण्डमा मुलुकको विभिन्न मन्त्रायलको नेतृत्व लिएर जनताको सेवा गर्न मौका पाएको बताए। शिक्षामन्त्री हुँदा (२०३५ सालमा) काठमाडौँ उपत्यकाको प्राचिन मन्दिर एवं पुरातात्विक ठाउँहरूको संरक्षणका लागि युनेस्केको विश्व सम्पदाको सूचिमा सूचिकृत गराउन मुल भूमिका निर्वाह गर्ने मौका पाएको दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad