राजनीति


रास्वपा प्रतिगामी र गैरप्रजातान्त्रिक पार्टी होः कांग्रेस सांसद बजगाईं

रास्वपा प्रतिगामी र गैरप्रजातान्त्रिक पार्टी होः कांग्रेस सांसद बजगाईं

नेपालखबर
असार ३०, २०८२ सोमबार १३:५५, काठमाडौँ

नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिगामी र गैरप्रजातान्त्रिक भएको आरोप लगाएका छन्।  

प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसमाथि रास्वपाले हरेक पटक आक्रमण गरिरहेको भन्दै यस्तो बताएका हुन्। 

'यो संसद्‌मा कुरुपहरूले हर्कत देखाउन खोजेका छन्। तपाईंहरूले हर आक्रमण प्रयास गर्न खोज्नुभएको छ। मुलतः कांग्रेसमाथि। यसका कारण पनि तपाईंहरू प्रतिगामी र गैरप्रजातान्त्रिक हो' उनले भने।  

रास्वपामा जो बोल्छ त्यसको हालत ढाकाराम र मुकुलको जस्तो हुने उनको टिप्पणी थियो।  
'जो बोल्छ उसको हालत ढाकाराम र मुकुल जस्तो भइदिन्छ। अनि तपाईंहरू हामीलाई लोकतन्त्र र कानुनी शासन सिकाउने? रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो भन्न नपरोस्,' उनले भने, 'तपाईंहरू फोकाहरू हो भन्न नपरोस्। ऐतिहासिक योगदानमाथि धब्बा लगाउने प्रयास नगर्नुहोस्। पहिला तपाईंले आफ्ना दागहरू सफा गर्नुहोस्।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad