राजनीति


राप्रपा अध्यक्ष कमल थापा स्वदेश फिर्ता

राप्रपा अध्यक्ष कमल थापा स्वदेश फिर्ता

नेपालखबर
असार २२, २०७६ आइतबार १३:२,

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भुटानको सप्ताहब्यापी भ्रमण सम्पन्न गरी आज अपरान्ह स्वदेश फर्किएका छन्।

गत असार १६ गते भुटान प्रस्थान गरेका थापा भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गरेको '५औं भारत-भुटान मैत्रि टेनिस प्रतियोगिता' मा सहभागि भएका थिए।

प्रतियोगिताको सेमिफाइनलसम्म पुगेका थापा ४५+ उमेर समुहको भेट्रान्स सेमिफाईनलमा भारत मणिपुरका तोलेश्वर थोङनाम संग २-६, ६-३ र १०-५(सुपर टाईब्रेक) मा पराजय बेहोरेका थिए।

स्वदेश फिर्तीको केही दिनमै अध्यक्ष थापा पार्टी संगठनको क्रममा पूर्वी क्षेत्रको भ्रमणमा जाने पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad