नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वमान्य राजनेता भएको भन्दै यस्तो बेलामा नेतृत्वविरुद्ध बोल्नु ठीक नभएको बताएका छन्।
सोमबार माओवादी केन्द्रको स्थायी समिति बैठकमा धारणा राख्दै उनले भने, ‘अध्यक्षको नेतृत्व सर्वमान्य रहेको, राजनेताको रुपमा स्थापित भएको देखिँदा यो हाम्रोलागी सुनौलो अवसर हो। यस्तो बेलामा लिडरसीपको बारेमा बोलेर उफ्रनु ठीक हुँदैन।’
नेतृत्वमाथिको प्रश्न भनेको विचारको सवाल भएको भन्दै उनले उत्तराधिकारी बनाउने तोकेर नहुने समेत बताए। ‘लिडरसीपमाथिको प्रश्न भनेको विचार र कन्टेन्टको सवाल हो,’ गुरुङको भनाइ छ, ‘उत्तराधिकारी बनाएर बन्ने विषय होइन। तोकेर हुने कुरा होइन। आन्दोलनका क्रममा हुने कुरा हो।’
अध्यक्षमा नै केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले थपे, ‘सोपान क्रम त हुन्छ, सामान्यरुपमा पदाधिकारी नै सोपान क्रम हो।अध्यक्षमा केन्द्रीयताको कुरा हो।’
Shares

प्रतिक्रिया