राजनीति


न्याय परिषद्का सचिवसहित यी २७ जना उच्च अदालतका न्यायाधीशमा सिफारिस

न्याय परिषद्का सचिवसहित यी २७ जना उच्च अदालतका न्यायाधीशमा सिफारिस

न्याय परिषद्का पदाधिकारीहरूसँग सचिव यमबहादुर बुढा (दायाँ किनारमा)


नेपालखबर
साउन २२, २०८२ बिहिबार १७:४४, काठमाडौँ

न्याय परिषद्का सचिवसहित २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिसमा परेका छन्।

न्याय परिषद्का सचिव यमबहादुर बुढामगर सिफारिसको पहिलो नम्बरमा छन्। उनी न्यायाधीशका उम्मेदवार भएकाले आजको बैठकमा नगएर बाहिरै बसेका थिए। उनको सट्टामा सहसचिव अशोककुमार क्षत्री बसेर निर्णय लेखेका थिए। 

विशिष्ट श्रेणीको अधिकृतबाट न्यायाधीश नियुक्तिको सूचीमा पर्ने बुढामगर एक्ला अधिकारी पनि हुन्। कर्मचारीहरूबाट न्यायाधीश बन्ने अन्य अधिकृतहरू सहसचिव छन्।

कुल ५ जना कर्मचारी उच्च अदालतको न्यायाधीशमा प्रवेश पाएका छन् भने जिल्ला न्यायाधीशहरूबाट १६ जना उच्चमा उक्लिएका छन्।

यस्तै कानुन व्यवसायीबाट ६ जना उच्च अदालतको न्यायाधीश नियुक्तिमा परेका छन्।

कर्मचारीमध्ये सरकारी वकिलबाट १, कानुन अधिकृतबाट १ र न्याय सेवा अधिकृतहरूबाट ३ जना समेटिएका छन्।

उच्चमा सिफारिस हुनेमा जिल्ला न्यायाधीशहरूमध्ये गोपालप्रसाद बास्तोला सबैभन्दा अगाडि छन्। उनी हाल धादिङ जिल्ला अदालतमा कार्यरत छन्। उनी वरीयता र कार्यक्षमतामा अगाडि भए पनि यसअघि छुटाइएका थिए।

यस्तै जिल्ला न्यायाधीशहरू गिरिराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, दीपककुमार खरेल, शिवबहादुर रानाभाट, कमलप्रसाद पोखरेल लगायत छन्।

दलबहादुर केसी, वासुदेव न्यौपाने, प्रकाशचन्द्र अधिकारी, अदालत केशवप्रसाद अधिकारी, रमेशप्रसाद ज्ञवाली,उद्धवप्रसाद भट्टराई, दीपक खनाल, अवनी मैनाली भट्टराई पनि जिल्ला न्यायाधीशबाट उच्चमा उक्लिने भएका छन्।

यस्तै उच्च अदालत पोखराका रजिस्ट्रार खड्गराज अधिकारी, सहन्यायाधिवक्ता शंकर खत्री, सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेल, कानुन मन्त्रालयका सहसचिव कोमलबहादुर खत्री पनि उच्च अदालतका न्यायाधीशमा सिफारिस भएका छन्।

कानुन व्यवसायीबाट शर्मिला थापा विष्ट (मनमैजु ९, काठमाडौँ), प्रतापसिंह ठकुराठी (महेन्द्रनगर ४, कञ्चनपुर), बालकृष्ण गैरे (शिवमन्दिर ७, नवलपरासी), निशा बानियाँ (लेखनाथ १, कास्की), श्यामकुमार विश्वकर्मा (सभापोखरी-१, संखुवासभा) र अरुणकुमार पञ्जियार (जनकपुर-१५, धनुषा) सिफारिसमा परेका छन्।

को कहाँ पदस्थापन? हेर्नुहोस् पूरा सूची:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad