राजनीति


राजेन्द्र लिङदेनको प्रश्नः कसको प्रभावमा एनसेललाई किस्ताबन्दी सुविधा दिएको हो?

राजेन्द्र लिङदेनको प्रश्नः कसको प्रभावमा एनसेललाई किस्ताबन्दी सुविधा दिएको हो?

फाइल फोटो


नेपालखबर
साउन २३, २०८२ शुक्रबार १५:५, काठमाडौँ

सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाइसेन्स नवीकरण शुल्क बापत तिर्नुपर्ने रकम किस्ताकिस्तामा बुझाउनसक्ने सुविधा दिएकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले असहमति जनाएका छन्।

शुक्रबार सार्वजनिक लेखा समितिमा भएको बेरुजुका बारेमा भएको छलफलमा एनसेल राज्यको नियन्त्रणमा आउन लागेका बेला किस्ताबन्दी सुविधा दिएर लुट मच्चाउन खोजिएको आरोप लगाए।

उनकाअनुसार यस्तै लुटका कारण मुलुकमा भ्रष्टाचार चुलिँदै गएको छ भने बेरुजु पनि बढेर गएको उनको भनाई थियो।

लिङदेनले कर्मचारीतन्त्रलाई विचौलियाहरूले कब्जामा लिने र सोही अनुसार सचिव मन्त्रीहरूले काम गर्ने, न्यायालयले समेत सोहीअनुसारका आदेशहरू दिँदै जाँदा आम जनतामा निराशा चरम रुपमा बढेर गएको बताए। 

अध्यक्ष लिङदेनले भने, ‘एनसेलले सारा सम्पत्ति जिम्मा लगाएर जाने बेला भइसक्यो। हामी किस्ताबन्दी सुविधा दिइरहेका छौँ।  कसको प्रभाव दियौँ, किन दियौँ, त्यही हो बेरुजु। बेरुजु त्यसै बढेको छैन, विचौलिया व्यापारी, नेता, न्यायलयसम्मकै हात छ।’

अध्यक्ष लिङदेनकाअनुसार कर्मचारीको नेतृत्वले देशलाई केन्द्रलाई राखेर काम गर्छु भनेर काम गर्ने हो भने बेरुजु, भ्रष्टाचार कम हुनसक्छ। बेरुजु नहुने वातावरण सिर्जना गर्नेगरी योजना बनाउन जरुरी रहेको उनको भनाई छ।

पछिल्लो समय ठूलो अंकमा योजना राख्ने, निश्चित कम्पनीलाई प्रतिष्पर्धा बेगर जिम्मा दिने प्रवृत्ति देशमा मौलाएको भन्दै लिङदेनले त्यो प्रवृत्तिले देशलाई हित नगर्ने समेत प्रष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad