राजनीति


सौर्य एयरलाइन्सको विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सांसद किराँतीको माग

सौर्य एयरलाइन्सको विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सांसद किराँतीको माग

नेपालखबर
भदौ ४, २०८२ बुधबार १३:३१, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन हुनुपर्ने माग गरेका छन्।  

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले उक्त उडान गैरनागरिक उड्डयन भएकाले यसको छानविन पुनः गर्न जरुरी रहेको बताए। चित्तबुझ्दो रिपोर्ट नआएको हुनाले न्यायको लागि दर्जनौँ पल्ट छानबिन हुनुपर्ने उनको भनाइ छ। 

प्रतिवेदनमा प्राविधिक त्रुटी के भयो भन्ने मात्रै उल्लेख भएको तर के गर्नु हुँदैन थियो भन्नेकुरा उल्लेख नगरिएको बताए। एक महिनाअघिदेखि ग्राउण्डेट जहाजमा को मान्छे लैजानु हुँदैन थियो भन्नेकुरा नै उल्लेख नरहेको उनको भनाइ छ। उनले संरचनागत र नीतिगत सुधारका लागि मन्त्री आफैँ लागेको बेला यो लापरवाहीपूर्ण प्रतिवेदनलाई छोड्दा देशले न्याय नपाउने जिकिर गरे। 

‘गैर नागरिक उड्डयन हो। चालक दल र आवश्यक प्राविधिक मात्रै चढ्न पाउने प्रावधान छ तर अरु प्यासेन्जर पनि जहाँजमा हालिएको छ। रिपोर्ट आयो के भने सबैकुरा ठिक छ तर मुटुमा क्यान्सर लागेको छ भन्ने प्रकृतिको रिपोर्ट आयो,' उनले भने, 'टेक्निकल कुरामा के भयो भन्ने मात्रै रिपोर्ट आयो। केके हुनु हुँदैन थियो भन्ने आएन। एक महिनाअघिदेखि ग्राउण्डेट जहाँजमा को मान्छे लैजानु हुँदैन थियो, के गर्नुहुन्थ्यो, के गर्नु हुँदैन भन्नेकुरा रिपोर्टमा आएन। चित्तबुझ्दो रिपोर्ट नआएको हुनाले न्यायको लागि दर्जनौँ पल्ट छानविन गर्नुपर्छ। संरचनागत र नीतिगत सुधारका लागि मन्त्रीज्यु नै लाग्नुभएको बेला यो लापरवाहीपूर्ण रिपोर्टलाई छोड्दा देशले न्याय पाउँदैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad