बुधबारदेखि अस्वस्थ प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) पनि आराम गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयले आज बिहान नेपालखबरलाई दिएको जानकारीअनुसार उनलाई चिकित्सकले आज पनि आराम गर्न सुझाव दिएका छन्।
‘आज पनि प्रधानमन्त्री अत्यावश्यकबाहेक भेटघाटमा सहभागी हुने कार्यक्रम राखिएको छैन’, सचिवालयले भन्यो।
हिजो प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम थियो। तर एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ। प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा निजी चिकित्सकबाट उपचार गराइरहेका छन्।
Shares

प्रतिक्रिया