नेपाली कांग्रेसकी सांसद नागिना यादवले आन्दोलनरत कवाड व्यवसायीहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले कवाड व्यवसायीहरू गत सोमबारदेखि नै सडक आन्दोलनमा रहेपनि सरकारले वार्तामार्फत उनीहरूका माग सम्बोधन नगरेकोप्रति आपत्ति जनाएकी हुन्।
सांसद यादवले काठमाडौं महानरपालिका प्रहरी प्रमुख एसएसपी राजु पाण्डले रङ्गभेदी भेदभाव गरेको भन्दै खेदसमेत व्यक्त गरिन्।
‘सोमबारदेखि कवाड व्यवसायीहरू सडकमा उत्रिएका छन्। उहाँहरूलाई वार्तामा बोलाएर उहाँहरूको मागहरू पुरा गर्न किन पहल गरिएको छैन? यो पहल गरिदिन हुन म सभामुखमार्फत सरकारलाई आग्रह गर्न चाहन्छु,' उनले भनिन्, 'काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुखले नेपाली गोरा मात्रै हुन काला नेपाली होइनन् भनेर कवाडी व्यवसायीहरूलाई भनेको अभिव्यक्ति खेदजनक छ। रङ्गले नेपाली हुने होइन जन्मको आधारमा आफ्नो परिचयले नेपाली हुने हो। त्यसकारण काडमाडौं महानगरका प्रहरी प्रमुखले दिनुभएको अभिव्यक्ति निन्दनीय छ। यस्ता अभिव्यक्तिप्रति उहाँले माफि माग्नुपर्छ।’
Shares

प्रतिक्रिया