संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ।
कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा शुक्रबार साँझ पाँच १५ बजे बस्नेगरी बैठक निर्धारण भएको छ। समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ।
सो समितिको सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति पद रिक्त छ। सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको हो।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई सुनुवाइ समितिको सभापति बनाउने तयारी छ।
कुलिङ पिरियड प्रकरणमा मुछिएपछि राज्यव्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका खतिवडालाई कांग्रेसले फेरि सुनुवाइ समितिको सभापति बनाउन लागेको हो।
375
Shares

प्रतिक्रिया