नेकपा एमालेको विधान महाधिवेशन स्थल ललितपुरको गोदावरी क्षेत्रमा भारी वर्षा भइरहेको छ। पानी परेपछि महाधिवेशनस्थल बाहिर भएका प्रतिनिधि र कार्यकर्ताहरू तितरवितर भएका छन्। त्यस्तै महाधिवेशनमा आएका प्रतिनिधिलाई लक्षित गरेर सञ्चालनमा आएका व्यापारलाई पनि असर गरेको छ।
महाधिवेशन स्थल बाहिर नेपाली उत्पादनसहित विभिन्न उत्पादनहरू विक्रीका लागि राखिएको छ।
बाहिर पानी परिरहे पनि गोदावरीको सनराइज हल जहाँ बन्द सत्र जारी छ त्यहाँ भने नेताहरूले विभिन्न दस्तावेहरू प्रस्तुत गरिरहेका छन्।
162
Shares

प्रतिक्रिया