राजनीति


आन्दोलनमा घुसपैठ भयोः जेनजी

आन्दोलनमा घुसपैठ भयोः जेनजी

नेपालखबर
भदौ २३, २०८२ सोमबार १४:५०, काठमाडौँ

भ्रष्टाचारविरुद्ध सडक संघर्षमा उत्रिएको जेनजी समूहले आफ्नो प्रदर्शनमा घुसपैठ भएको बताएको छ। 

कार्यक्रम संयोजक पुरुषोत्तम यादव र सबल गौतमले सोमबार अपरान्ह एक विज्ञप्ति प्रकाशित गरी आन्दोलनमा घुसपैठ भएको जनाएका हुन्। 

‘आजको कार्यक्रम हामीले पूर्णतः शान्तिपूर्ण ढंगले सञ्चालन गरेका छौँ’ उनीहरूले भनेका छन्, ‘तर बीचबीचमा केही गलत प्रवृत्ति भएका समूह वा व्यक्तिहरू, वा सम्भावित राजनीतिक/राज्यका षड्यन्त्रकारी प्रयासहरू मार्फत हाम्रो आन्दोलनलाई निस्तेज पार्ने कोसिस गरिएको अनुभव भएको छ।’

उनीहरूले आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक रहने भन्दै यसलाई असफल बनाउन गरिएका कुनै पनि प्रयास सफल नहुने दाबी गरेका छन्।

‘देशका विभिन्न स्थानहरूमा आज भएको जनसहभागिताले हाम्रो उद्देश्य र मागप्रति अझ ठूलो विश्वास र समर्थन रहेको प्रमाणित गरेको छ। यसले हामीलाई हाम्रो यात्रामा अझ नजिक पुर्याएको छ’ विज्ञप्तिमा भनिएको छ।

यस्तै, उनीहरूले आन्दोलनलाई शान्तिपूर्ण बनाउन अपिल गर्दै आफ्ना ‘थिङ्क ट्याङ्क हरि कार्की लगायतसँग सल्लाह गरी अगाडि बढ्ने बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad