नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले राजीनामा दिएर जेनजी आन्दोलनकारीसहितको राजनीतिक संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका छन्।
भ्रष्टाचार र बेथितिविरुद्ध आज सोमबार जेन-जीले राजधानी काठमाडौँसहित देशका विभिन्न सहरमा गरेका आन्दोलनका क्रममा कम्तीमा २० प्रदर्शनकारी मारिएका छन्।
जसका कारण अहिले चौतर्फी रूपमा सरकारको निन्दा र राजीनामा माग्ने क्रम बढेको हो।
यसै क्रममा माओवादी उपमहासचिव शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्दोलनकारीहरूको माग पूरा गर्न सरकारले राजीनामा दिई उनीहरूको प्रतिनिधित्वसहित संयुक्त राजनीतिक संयन्त्र निर्माण गरौँ।’
यस विषयमा आज यो उनको दोस्रो पोस्ट हो। यसअघि उनले जेन-जी आन्दोलमा सरकारले गरेको हिंसात्मक दमनको कडा रूपमा निन्दा गर्दै जिम्मेवार सबै राजनीतिकर्मीले जनतासँग माफी माग्नुपर्ने बताएका थिए।
Shares

प्रतिक्रिया