राजनीति


प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री पौडेलबीच चर्काचर्की

प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री पौडेलबीच चर्काचर्की

सन्तोष अधिकारी
भदौ २३, २०८२ सोमबार २०:४२, काठमाडौँ

सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गर्ने विषयमा मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको छ।  

बैठकको सुरुवातमा प्रधानमन्त्रीले जेनजीको प्रदर्शनको कुरा राखेका थिए। त्यसपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जाल प्रतिबन्धको फुकुवा पहिले गरेर अन्य विषयमा छलफल र सहमति खोज्ने काम गर्न भनेका थिए। 

बैठकमा पौडेलले भने, ‘सामाजिक सञ्जालको विषय जुन छ, यो तत्कालै खोलौँ खोल्नैपर्छ। यो सार्वजनिक सरोकारको कुरा हो।’  

लगत्तै प्रधानमन्त्रीले भने, ‘यहाँ कम्पनीको रूपमा कारोबार गर्न आउने, अनि दर्ता नआउनेलाई हामीले खुलमखुला काम गर्न दिने?’ 

पौडेलले भने, ‘जेनजीको सरोकारको कुरा पनि सुनौँ। जनताले के भनिरहेको छ, ध्यान दिनुपर्छ। काम गर्न दिने-नदिने भन्ने विषय छलफलबाट टुंग्याउनुपर्‍यो।’

ओलीले भने, ‘हामी उनीहरू (सामाजिक सञ्जाल) सँग झुक्ने?’

उनीहरूबीच लामै विवाद भएपछि अन्तिममा ‘सामाजिक सञ्जाल सञ्चालनको विषयमा सकारात्मक ढंगले प्रयास गर्ने’ भन्ने निर्णय भएको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad