प्रदर्शन गरिरहेकालाई जेनजी समूहले आन्दोलन रोक्न अपील गरेको छ। जेनजी समूहले सार्वजनिक सूचना जारी गर्दै आन्दोलन रोक्न आग्रह गरेका हुन्।
अब यो देश जेनजीको नेतृत्वमा आएको भन्दै सार्वजनिक सम्पत्ति नजलाउन आग्रह गरेका हुन।
‘आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षती नपुर्याउन हार्दिक अनुरोध गर्दछौँ’ सूचनामा उल्लेख गरिएको छ।
‘आन्दोलनको परिणाम स्वरूप सरकारले घुँडा टेकेको छ। प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका छन् हामी संयम र धैर्यका साथ अघि बढौं’ भनेर आह्वान गरिएको छ।
नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको भन्दै उनीहरूले धैर्य साथ अघि बढ्न आग्रह गरेका छन्।
930
Shares

प्रतिक्रिया