राजनीति


गोकुल बाँस्कोटाको आह्वान : अरू क्षति रोक्न छिटो पार्टी पुनर्गठन गरौँ

गोकुल बाँस्कोटाको आह्वान : अरू क्षति रोक्न छिटो पार्टी पुनर्गठन गरौँ

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १२:५, काठमाडौँ

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले छिटो पार्टी पुनर्गठन गर्न आग्रह गरेका छन्।

समयले नेतृत्व बदल्ने उल्लेख गर्दै उनले त्यसलाई स्वीकार गर्नैपर्ने बताएका छन्।

राजनीतिक दलविना गणतन्त्र नबाँच्ने जिकिर गर्दै बाँस्कोटाले यसको अपरिहार्यतामा जोड दिएका छन्।

'अरू क्षति रोक्न- जे भो भो हैन, किन भो, कसरी भो र अब के, कसरी, कहिले गर्ने? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौँ', सोमबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'अप्रिय लाग्ला तर सत्य यही हो कि दलविना गणतन्त्र बाँच्दैन र गणतन्तत्रविना समाज। समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ, सबै तयार हुनैपर्छ।'

जेनजी आन्दोलनका कारण कांग्रेस-एमाले गठबन्धनको दुईतिहाइ सरकार ढलेर मुलुकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ। संसद् पनि विघटन गरिएको छ।

नागरिक सरकार भएकाले यतिबेला राजनीतिक दल लगभग बहिष्करणमा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad