राजनीति


खण्डर बनेको एमाले मुख्यालय पुगे महासचिव शंकर पोखरेल

खण्डर बनेको एमाले मुख्यालय पुगे महासचिव शंकर पोखरेल

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १५:६, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेल आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेका छन्। 

गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगलागीबाट खण्डहरमा परिणत भएको केन्द्रीय कार्यालयको महासचिव पोखरेलले सोमबार निरीक्षण गरेका हुन्।

२४ भदौको आन्दोलनमा एमालेसहित कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाजवादी लगायतका राजनीतिक दलको कार्यालयमा आगजनी गरिएको थियो। 

आगजनीबाट सबै पार्टीका केन्द्रीय कार्यालय खण्डहर बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad