राजनीति


तिलगंगामा प्रधानमन्त्री कार्कीको आँखाको परीक्षण

तिलगंगामा प्रधानमन्त्री कार्कीको आँखाको परीक्षण

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १५:३७, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीको आँखाको परीक्षण भएको छ। मंगलबार बिहान तिलगंगा प्रतिष्ठानमा  वरिष्ठ नेत्र रोग विशेषज्ञद्वय डा सन्दुक रुइत र डा रिता गुरुङले कार्कीको आँखा परीक्षण गरेका हुन्।  कार्की आज नियमित आँखा परीक्षणका लागि तिलगंगा पुगेकी थिइन्। 

आँखा जाँच गरेसँगै प्रधानमन्त्री कार्की आज सरकारी निवास बालुटारमै आराम गरिरहेकी छन्। 

प्रतिष्ठानले विज्ञप्ति जारी गरी कार्कीको देब्रे आँखा धमिलो भई भएकाले त्यसका लागि उपचार गरिएको जनाएको छ।  

सोहीक्रममा कार्की र डा रुइतबीच सरकारमा सहभागीको विषयमा कुराकानी भएको भएको थियो। 

कार्कीले सरकारमा सहभागी भएर सहयोग गर्न प्रस्ताव गरेको तर अहिले आफूले बिरामी छोडेर मन्त्री बन्न नसक्ने जवाफ दिएको रुइतले नै बताएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad