सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने मिति तय भइसकेको छ। भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनबाट केपी ओली नेतृत्वको शक्तिशाली भनिएको सरकार ढलेर अहिले अन्तरिम सरकार बनेको छ।
यो सरकारको मुख्य जिम्मेवारी भौतिक क्षतिको पुनर्निर्माणसँगै फागुन २१ मा निर्वाचन गराउनु पनि रहेको छ।
फागुनको निर्वाचन सम्पन्न गर्न सरकारका मुख्यसचिव र सचिवहरूले सक्रिय रुपमा सहभागी हुने प्रतिबद्धता नै व्यक्त गरेका छन्।
मंगलबार बसेको मुख्यसचिव र सचिवहरूको बैठकले तोकिएको समयमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सकै राष्ट्रसेवक कर्मचारी सक्रिय रुपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको हो।
'जेनजी आन्दोलनको जगमा २०८२ भाद्र २७ गते गठन भएको वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव सम्पन्न गर्ने जिम्मेवारी पाएको सन्दर्भमा तोकिएको समयमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा आम निर्वाचन गराउने कार्यमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दछौँ' उनीहरूको निर्णयमा उल्लेख छ।
Shares

प्रतिक्रिया