बागमती


माछा मार्न गएका १८ वर्षीय युवक बागमतीले बगाउँदा बेपत्ता

माछा मार्न गएका १८ वर्षीय युवक बागमतीले बगाउँदा बेपत्ता

फाइल फोटो


नेपालखबर
असोज १, २०८२ बुधबार १९:१५, हेटौँडा

मकवानपुरमा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन्। मकवानपुरको बागमती गाउँपालिका–१ माझगाउँ स्थित बागमती खोलाले एक युवकलाई बगाएको छ।

बुधबार (आज) दिउँसो करिब ३ः३० बजेतिरको समयमा माझगाउँ खेस्रेखोला टोलका ४८ वर्षीय गुञ्जमान घलान आफ्ना १८ वर्षीय छोरा सोमबहादुर घलानसँग माछा मार्न  खोलातिर गएका थिए।

घरदेखि करिब पाँच सय मिटर पूर्वतर्फ रहेको बागमती खोलाले गुञ्जमानका छोरा सोमबहादुरलाई बगाएर बेपत्ता बनाएको मकवानपुर प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी निरीक्षक कमल प्रसाद यादवको नेतृत्वमा खटिएको प्रहरी टोली स्थानीयवासीसँगै बेपत्ताको खोजी कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad