जेनजी आन्दोलनमा घाइते भएका १९६ जना अझै उपचारमै रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनमा घाइते भएका १९६ जनाको ३२ अस्पतालमा उपचार भइरहेको जनाएको हो।
मन्त्रालयले सबै भन्दा धेरै ट्रमा सेन्टरमा २८ जना घाइतेकहरुको उपचार भइरहेको छ। त्यस्तै नेपाल पुलिस अस्पतालमा १८, त्रिवि शिक्षण अस्पतालमा र काठमाडौँ मेडिकल कलेजमा १७,१७ जना घाइते छन् भने, मनमोहन काडियोथोरासिकमा ४ जना घाइतेहरुको उपचार भइरहेको छ।
बी एन्ड बी अस्पतालमा ६, सिभिलमा ३ र वीर अस्पतालमा ७ जनाको उपचार भइरहेको छ। त्यस्तै झापाको बी एन्ड सी अस्पतालमा १७ जना घाइतेको उपचार भइरहेको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभर २ हजार ३१६ जना घाइते भएको मन्त्रालयले जनाएको छ। ती मध्ये १ हजार ९५९ जना निको भएर डिस्चार्ज भएका छन्।
सरकारका अनुसार आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीवन्दी, ३ जना प्रहरीसहित ७२ जनाको मृत्यु भएको छ।
Shares

प्रतिक्रिया