राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थालाई लिएर समाज थप विभाजित नहोस् भन्ने उद्देश्यले ‘सद्भाव तथा सहकार्य अभियान’ प्रारम्भ गर्ने जनाएको छ।
बिहीबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जनाएका छन्।
रास्वापाले जेनजी आन्दोलनमा ऐक्यबद्धता रहेको तर विध्वंस, लुटपाट र तोडफोड रास्वपाको राजनीतिक संस्कृति होइन भन्ने पार्टी स्पष्ट पारेको छ।
यस्तै, पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको एजेन्डा ‘विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकार’ प्रति वर्तमान सरकारले देखाएको चासोलाई रास्वपाले स्वागत गरेको छ।
रास्वपाले पहिलो महाधिवेशन आगामी फागुन ७, ८ र ९ गते आयोजना गरेकोमा सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरेकोले परिवर्तित परिस्थितिलाई ध्यानमा राखी आगामी कार्यदिशा सम्बन्धी बृहत छलफलका लागि केन्द्रीय विस्तारित बैठक बोलाउने जनाएको छ।
त्यसका लागि पार्टीको असोज केन्द्रीय समितिको बैठक ७ गते बस्ने प्रवक्ता झाले बताए।
Shares

प्रतिक्रिया