राजनीति


मन्त्रीको शपथमा पुगे सभामुख

मन्त्रीको शपथमा पुगे सभामुख

नेपालखबर
असोज ६, २०८२ सोमबार १५:५६, काठमाडौँ

सभामुख देवराज घिमिरे पनि मन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी भएका छन्। यसअघि प्रधानमन्त्री र तीन मन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी नभएका उनी आज ४ मन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी भएका हुन्। 

आज सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले सिन्हाले उद्योग, वाणिज्य तथा आपुर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री, वैज्ञानिक महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियारले कृषि तथा सहकारीमन्त्री र पत्रकार जगदीश खरेलले सूचना तथा प्रविधिमन्त्रीको शपथ लिएका हुन्।  

आज उनीहरूको शपथमा सभामुख घिमिरे राष्ट्रपति कार्यालय शीतलनिवासमा पुगे। 

यसअघि नै अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका थिए। उनीहरूको शपथमा भने घिमिरे सहभागी भएका थिएनन्।   

यसअघि प्रधानमन्त्रीसहितको शपथमा सभामुखसहित विशिष्ट पदमा रहेकाहरू सहभागी हुने चलन थियो। भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनपछि केपी ओली नेतृत्वको सरकार ढलेर कार्की नेतृत्वको सरकार बनेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad