राजनीति


रास्वपा बैठक: जेनजीसँग वार्ता गर्न पुकार बम, चुनावी वाचा तयार गर्ने जिम्मा स्वर्णिम वाग्लेलाई

रास्वपा बैठक: जेनजीसँग वार्ता गर्न पुकार बम, चुनावी वाचा तयार गर्ने जिम्मा स्वर्णिम वाग्लेलाई

नेपालखबर
असोज ८, २०८२ बुधबार २२:१८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी उमेर समूहका युवाहरु लगायत नयाँ शक्तिहरुसँग वार्ता थाल्ने भएको छ। 

मंगलबार र बुधबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले यी समूहसँग वार्ता गर्नका लागि पुकार बमको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। 

पार्टीले जेनजी उमेर समूहका युवाहरु लगायत नयाँ शक्तिहरु, अभियन्ताहरुसँग आवश्यक संवाद एवं सहकार्यका लागि वार्ता थाल्ने भएको छ। सुरुमा जेनजी आन्दोलनमा रास्वपाका नेताहरु समेत सामेल देखिएका थिए। 

तर अन्तरिम सरकार गठनको छलफलसँगै रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अलग भएका थिए। आफ्ना नेता कार्यकर्ता नक्खु जेल तोड्न लगायतका गतिविधिमा संलग्न भएको विषयमा पनि छानविन गर्ने निर्णय गरेको रास्वपाले जेनजीसँग वार्ता गर्ने पनि निर्णय गरेको हो। 

यस्तै आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधि सभाको निर्वाचनका लागि वाचापत्र तयार गर्न पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा ७ सदस्यीय वाचापत्र लेखन समिति गठन गर्ने पनि भएको छ।

लामिछानेलाई नक्खु जेलबाट भगाउन आफ्ना सदस्य संलग्न भए नभएको रास्वपाले छानबिन गर्ने

ओलीसहित तीन नेतालाई राजनीतिक क्रियाकलापमा बन्देज लगाउन रास्वपाको माग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad