नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संसद् पुनर्स्थापना गर्नेबारे आफूहरू सकरात्मक छलफलमा भएको बताएका छन्।
साइबर ब्युुरोमा बयान दिएपछि बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले संसद् पुनर्स्थापना भए जेजनीले उठाएका केही माग चुनावअघि नै पूरा गर्न सकिने समेत उल्लेख गरे।
‘संसद् पुनर्स्थापना भनेको बाँकी रहेको २ वर्ष पूूरा गर्ने भन्दा पनि जेनजीका मागलाई पूरा गरेर साझा सहमति बनाएर, सबै शक्तिको अस्तित्व स्वीकार गरेर सबैले स्वीकार गर्ने निष्पक्ष चुनाव गरेर सबै पक्षलाई समेटेर जान सक्ने अवस्था हुन्छ,’ बस्नेतले भने, ‘त्यसकारण संसद् पुनर्स्थापनाका पक्षमा धेरै सकरात्मक हिसाबले छलफल गरिरहेका छौँ।’
कपिय पूर्वन्यायाधीश, वकिल र पार्टीका कानुनका जानकार नेताहरुले संसद् विघटनको प्रक्रिया असंवैधानिक रहेको धारणा राखेको समेत उनले जिकिर गरे।
‘हामीले पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, वकिलहरू, पार्टीका कानुन क्षेत्रका नेताहरुसँग सल्लाह गरेका छौँ, सबैको सल्लाह के आएको छ भने यो संसद् विघटन गर्ने प्रक्रिया अवैधानिक छ,’ बस्नेतले भने।
Shares

प्रतिक्रिया