राजनीति


सुरक्षाकर्मीले घण्टौंको प्रयासपछि हामीलाई उद्धार गरे: देउवा

सुरक्षाकर्मीले घण्टौंको प्रयासपछि हामीलाई उद्धार गरे: देउवा

नेपालखबर
असोज २८, २०८२ मंगलबार १६:३, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते जेनजी आन्दोलनकारीबाट आफूहरूलाई सुरक्षाकर्मीले बचाएको बताएका छन्। पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सुरक्षाकर्मीले घण्टौँको प्रयासपछि आफूहरूको उद्धार भएको बताएका हुन्।

देउवाले २४ गते त्रासदीपूर्ण घटना भएको भनेका छन्। 'गत भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवार माथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो। घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौँको अथक प्रयासपछि हामीलाई उद्धार गरिएको थियो,' सभापति देउवाले भने,' उनले भने,'तपाईंहरूको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु। मेरा राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरू सम्झँदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउन सक्छ, केवल सामना गर्ने साहस राख्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ।'

उनले उक्त दिनको घटना हेर्दा नेतामाथिको आक्रमणजस्तो देखिए पनि देश र पद्धतिमाथि नै आक्रमण भएको पनि बताएका छन्।   

'म यो बैठकबाट आक्रमणकारीहरूको कब्जाबाट हामीलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु साथै जीवनभर स्मरण गरिरहनेछु,' उनले भने, 'मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु। उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।' 

पार्टीमा नेतृत्व परिवर्तनको कुरा उठिरहँदा देउवाले कार्यवाहक उपसभापति खड्कालाई तोके पनि उनले पदबाट राजीनामा भने दिएका छैनन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad