नेकपा एमालेले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको निष्कर्ष निकाल्दै निर्णायक आन्दोलन गर्नुपर्ने निचोड निकालेको छ।
त्यसका लागि लोकतन्त्र र संविधान मान्ने सबै पक्षलाई आन्दोलनका लागि आह्वान पनि गरेको छ।
ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन आन्दोलन गर्नुपर्ने उल्लेख गरिएको हो।
‘सरकारको संरक्षणमा भइरहेका ज्यादती र उल्टो गतिका विरुद्ध एवं विघटित प्रतिनिधिसभाको पुनस्र्थापना गर्दै देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेको हाम्रो पार्टीको निष्कर्ष छ’, ओलीको प्रतिवेदनको १४ नम्बर बुँदामा उल्लेख छ, ‘तसर्थ, जनपरिचालन र जनआन्दोलनका विभिन्न कार्यक्रमहरू तय गर्दै अघि बढ्न सिंगो पार्टी पंक्ति, संविधान, लोकतन्त्रका पक्षधर राजनीतिक दलहरू र आम नागरिकलाई आह्वान गर्दछौँ।’
एमालेको केन्द्रीय कमिटी बैठक आगामी असोज ३१ सम्म जारी रहनेछ।
Shares

प्रतिक्रिया