नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता तत्काल खुलाउन माग गर्दै लिखित पत्र दिएका छन्।
बिहीबार बसेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठकमा उनले भण्डारीलाई एमाले सदस्यता दिनुपर्ने मागसहितको पत्र अध्यक्ष केपी शर्मा ओली र महासचिवलाई दिएका हुन्।
एमालेको संगठन विभाग सचिव रहेका ढुंगेलले भण्डारीको सदस्यता पहिले नवीकरण भएको समेत बताएका थिए।
यसैगरी मनोजजंग थापाले त भण्डारीलाई एमालेमा स्वागत गर्दै बहुपक्षीय संयेक्त मोर्चा बनाएर जानुपर्ने प्रस्ताव राखेका छन्।
केन्द्रीय सदस्यहरू मञ्जु गुरुङ र युवराज बास्कोटाले पनि भण्डारीको सदस्यता नवीकरण गरेर जानुपर्नेमा जोड दिएका थिए।
Shares

प्रतिक्रिया