नेकपा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गरेर विभिन्न घटक मिलाई संयुक्त राष्ट्रिय मोर्चा बनाउन प्रस्ताव गरेका छन्।
एमालेको बिहीबार बसेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा बोल्दै उनले त्यस्तो मोर्चामा सबैलाई ल्याउनका लागि भण्डारी नै उपयुक्त हुने उल्लेख गरे।
‘लोकतन्त्र र संकटबाट मुलुकलाई मुक्त गर्न बहुपक्षीय संयुक्त मोर्चाको निर्माण गरौँ र विद्या भण्डारीलाई सदस्यता दिऊ,’ थापाको भनाइ उल्लेख गर्दै एक केन्द्रीय सदस्यले भने, ‘यसका लागि उहाँ (भण्डारी) उपयुक्त पात्र हुनसक्छ।’
1.5k
Shares

प्रतिक्रिया