राजनीति


समाजवादी मोर्चाबीचको एकता एमालेमा पुगेर रोकिन्छ: प्रचण्ड

समाजवादी मोर्चाबीचको एकता एमालेमा पुगेर रोकिन्छ: प्रचण्ड

नेपालखबर
असोज ३०, २०८२ बिहिबार १३:३५, चितवन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजवादी मोर्चाका दलहरू बीचमा यथाशीघ्र एकता हुने बताएका छन्।

आज चितवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चामा रहेका दलका बीचमा एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।

प्रचण्डले भने, ‘यस पटक धेरै वामपन्थी पार्टीहरूका बीचकाे एकता हामी समाजवादी मोर्चाबाट सुरु गर्छौैँ। सबै वामपन्थी दललाई एक ठाउँमा ल्याएर अघि बढ्ने योजनाका साथ हामी अघि बढेका छौँ।’

सामाजवादी मोर्चामा रहेका दलहरूबीचकाे एकता केही दिनमा हुने भन्दै उनले यो एकताले राजनीतिक दलबीचको ध्रुवीकरणको सुरुआत गर्दै राजनीतिक शक्ति सञ्चय गरी समाजवादी क्रान्तिको सुरुआत गर्ने विश्वास व्यक्त गरे। पार्टी एकता एमालेसम्म पुगेर रोकिने उनको भनाइ छ। 

संयोजक दाहालले पछिल्लो समय सामाजिक सञ्जालमार्फत सङ्गठित भएको युवाको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’को सङ्केतका रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने बताए।

उनले भने, ‘युवाहरूले भ्रष्टाचार विरोधी माग उठाएका छन्। अहिलेको पुस्ताले भ्रष्टाचार अन्त्य र सुशासनको मार्ग खोज्नु गौरवको विषय हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad