राजनीति


रक्षा र पराराष्ट्र प्रधानमन्त्रीसँगै राखेर मन्त्रिपरिषद् विस्तारको तयारी

रक्षा र पराराष्ट्र प्रधानमन्त्रीसँगै राखेर मन्त्रिपरिषद् विस्तारको तयारी

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १२:२२, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद् विस्तारमा जुटेकी छन्। 

कार्कीले रक्षा र पराराष्ट्रमन्त्री आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तारको लागि छलफल तीव्र पारेकी हुन्। 

हाल कार्की नेतृत्वको मन्त्रिपरिषद् आठ सदस्यीय छ। प्रधानमन्त्री कार्कीले बढीले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने बताएकी छन्। 

प्रधानमन्त्री तीन-चार दिनयता मन्त्रिपरषद् विस्तारको लागि घनिभूत छलफमा रहेको एक मन्त्रीले जानकारी दिए।

‘मन्त्रिपरिषद् विस्तार आजै हुन पनि सक्छ। तर, टुंगो भइसकेको छैन,’ ती मन्त्रीले भने, ‘आज नभए एकदुई दिनमै मन्त्रिपरिषद् विस्तार हुन्छ।’

प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ मन्त्रिपरिषद् विस्तारको घनिभूत छलफलमा जुटेका छन्। ‘विभिन्न पक्ष, उमेर समूह, समावेशिता, विशेषज्ञता सबैलाई हेरेर मन्त्रिपरिषद् विस्तार हुनेछ,’ छलफलमा सहभागी ती मन्त्रीले भने। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad