कोरोना भाइरसको उत्पत्तिबारे स्वतन्त्र अनुसन्धानको मागलाई चीनले अस्वीकार गरेको छ।
याे माग राजनीतिक पूर्वाग्रहले प्रेरित रहेकाे भन्दै चीनले अस्वीकार गरेकाे हाे।
बेलायतका चिनियाँ शीर्ष कूटनीतिज्ञ चेन वेनले बीबीसीसँग भनेका छन्, ‘यो माग राजनीतिक पूर्वाग्रहले प्रेरित छ र याे कोरोना भाइरसविरुद्ध चीनको लडाइँ कमजोर पार्ने षड्यन्त्र हाे।’
कोरोना भाइरसबारे सुरुमै जानकारी नदिएर विश्वलाई धोका दिएको आरोप चीनलाई लागिरहेको छ।
गत डिसेम्बर अन्तिम साता चीनको उहान सरहको एक पुशपक्षी बजारबाट कोरोना भाइरस उत्पन्न भएको बताइन्छ।
युरोपेली संघको रिपोर्टले पनि चीनले कोरोना भाइरससम्बन्धी सही जानकारी दिन नचाहने आरोप लगाएको छ।
यस्तै आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको निरन्तर आलोचना गरिरहेका छन्।

प्रतिक्रिया