राजनीति


ओलीले भने- गृहमन्त्रीको ममाथि व्यक्तिगत दुस्मनी देखिन्छ

ओलीले भने- गृहमन्त्रीको ममाथि व्यक्तिगत दुस्मनी देखिन्छ

नेपालखबर
कात्तिक ५, २०८२ बुधबार १३:११, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश आर्यालले आफूप्रति व्यक्तिगत दुस्मनी देखाएको आरोप लगाएका छन्। बुधबार बालकोटस्थित आफ्नो जलेको घर अवलोकन गर्न पुगेका उनले यस्तो दाबी गरेका हुन्। 

हिजो एक सञ्चारमाध्यममा दिएको अन्तवार्ताबाट पनि गृहमन्त्रीको आफूमाथि कस्तो मनोभाव छ भन्ने बुझिने समेत उल्लेख गरे। ‘यो तोडफोड, लुटपाटका पक्षमा उहाँहरुको मनोभाव देखिन्छ। र, जसलाई क्षति परेको छ तिनीहरुमाथि उहाँको देखिन्छ,’ ओलीले भने, ‘ममाथि व्यक्तिगत दुस्मनी देखिन्छ। मैले उहाँहरुको सिमाना पनि मिचिदिएको छैन। घर कहाँ हो पनि थाहा छैन मलाई।’

‘तर, दुस्मनी अत्यन्त चर्को देखिन्छ र मलाई गम्भीर आशंका छ सरकारमाथि,’ उनले थपे। 

सरकारले थप केही गर्ने गम्भीर आशंका आफूमा रहेको समेत ओलीको भनाइ छ। ‘सरकारले थप केही गर्ने योजना बनाइराखेको गम्भीर आशंका छ,’ उनको भनाइ छ, ‘सरकारले जनेजी भनिएकाहरुलाई बोलाए तिमीहरु हामीलाई थप दवाव देउ, अनि हामी फलानालाई कारबाही अगाडि बढाउँछौँ। गिरफ्तार गर्छौँ भनेर सिकाएर पठाउनुहुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad