राजनीति


गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १०:२४, काठमाडौँ

गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित भएको छ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका अध्यक्ष किराँतीले सहमती पत्र सार्वजनिक गर्दै किराँती नेतृत्वको मोर्चा माओवादी केन्द्रमा समाहित भएको जानकारी दिएका हुन्। 

कात्तिक १५ गते नै दुई पक्षबीच यस्तो सहमती भए पनि पत्र भने आज मात्रै सार्वजनिक गरिएको हो। 

हाल नेपाली राजनीतिमा अभूतपूर्व जोखिम उत्पन्न भइरहेको र यो परिस्थितिलाई सही दिशातर्फ व्यवस्थित पार्न यस्तो निर्णय गरिएको सहमती पत्रमा उल्लेख छ। 

‘जनयुद्धका बेला भन्ने गरिएको हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरुबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन् आउँछ,’ सहमती पत्रमा भनिएको छ, ‘जसको पहलबाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, (नेपाली समाजको प्रकृति अनुरुप) विकास र अग्रगामी कार्यान्वयनमा दृढ प्रतिवद्धता व्यक्त गर्दछौँ।’  

यस्तो छ दुई पक्षबीच भएको सहमतीका ३ बुँदा

१. विगतमा भए गरेका वैचारिक-राजनीतिक एवं सांगठनिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समिक्षाको दस्तावेजीकरण गर्ने । जसको मार्गदर्शनमा जनवर्गको तहबाटै एकता-संघर्ष-रुपान्तरण, मुख्यतः रुपान्तरण र नयाँ आधारमा नयाँ एकता सृष्टि गर्दै नेपाली क्रान्तिको समाजवादी कार्यभार उठान गर्न सामर्थ्य आर्जन गर्ने।

२. कमरेड गोपाल किराँतीद्धारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रवारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने।

३. उपरोक्त सहमति कार्यान्वयन गर्न देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेतृत्वमा मार्क्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने।

अन्त्यमा, स्वदेश तथा विदेशमा संघर्षरत नेपाली वर्ग (मजदुर, किसान, सुकुम्बासी, वित्तीय शोषणपीडित तथा विस्थापितवर्ग), लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरु र पहिचानसहित प्राकृतिक तथा सांस्कृतिक सम्पदा रक्षा आन्दोलनवीच समाजवादी ध्रुवीकरण बढाएर नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता, सम्प्रभुता सुदृढीकरणमा पहलकदमी लिँदै नेपाली जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको कठोरतापूर्वक रक्षा र अभ्यास मार्फत संविधानको समाजवाद उन्मुख राज्य-व्यवस्था कार्यान्वयनमा प्रभावकारी पहलद्वारा दलाल तथा नोकरशाही पूँजीवादी भ्रष्ट शासन अन्त्य गरिछाड्ने संकल्पमा जुट्न जेड पुस्ताका युवाहरुसहित सबैसँग आह्वान गर्दछौँ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad