मधेस प्रदेशमा सरकार गठन आह्वान नै नगरी नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै विपक्षीहरू तोडफोडमा उत्रिएका छन्।
सोमबार बिहान ४ बजे आसपास महोत्तरीको बर्दिवास ३ कालापानीमा रहेको पानस कटेजमा मुख्यमन्त्री पदमा निुक्तिसँगै शपथ गराइएको भन्दै नेपाली कांग्रेससहित विपक्षी दलका प्रदेशसभा सदस्यहरू तोडफोडमा उत्रिएका छन्।
मुख्यमन्त्री यादवलाई उनीहरूले कार्यालय प्रवेशमा रोक लगाएका छन्। त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई बाहिर निकालेर कार्यालयमा ताला लगाइदिएका छन्।
विपक्षी दलका नेता तथा सांसदले मुख्यमन्त्री कार्यालयका केही कर्मचारीलाई कुटपिटसमेत गरेको भिडिओ सार्वजनिक भएकव छ। मुख्यमन्त्री कार्यालयको साँचो नेपाली कांग्रेस नेतृत्वको ७ दलीय गठबन्धनले राखेको छ।
Shares

प्रतिक्रिया