राजनीति


कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा जारी

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा जारी

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १४:३, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार मध्यान्हबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। लामो समयदेखि स्थगित हुँदै आएको बैठक पुनः सुरु भएको हो।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री तथा केन्द्रीय सदस्यहरु सहभागी रहेका छन्।

महामन्त्री गगन थापाले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै केही बैठकहरूमा अनुपस्थित रहँदै आएका थिए। तर, कार्यतालिका प्रस्तुत गर्न दिने सहमतिपछि उनी पछिल्ला बैठकहरूमा सहभागी भइरहेका छन्।

सभापति शेरबहादुर देउवा विदेशमा उपचाररत भएकाले पार्टीका औपचारिक निर्णयहरू रोकिएका छन्। यतिबेला पार्टीभित्र विशेष महाधिवेशन गर्ने वा नियमित महाधिवेशन अघि बढाउने भन्ने विषयमा मतभेद तीव्र बनेको छ।

बैठकमा संसद् पुनर्स्थापना, निर्वाचन, विशेष महाधिवेशन लगायतका समसामयिक राजनीतिक विषयमा नेताहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad